प्रहरीलाई घुस दिन खोज्ने यादव पक्राउ

नारीकोसिस डटकम/साउन २९, काठमाडौं । प्रहरीलाई घुस दिन खोजेकोे अभियोगमा बारा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर २२ का ३५ वर्षीय उपेन्द्र प्रसाद यादव रहेका छन् ।
बाराको जीतपुर सीमरा उपमहानगरपालिका ७ स्थित ईलाका प्रहरी कार्यालय गई उनले अवैध रुपमा भारतबाट कुखुरा ल्याउने प्रयोजनका लागि १० हजार घुस दिन खोजेपछि पक्राउ गरिएको हो ।
१० हजार घुस सहित यादवलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।



तपाईको प्रतिक्रिया