भुइँकटहर खाँदा फाइदा

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
भुइँकटहर खाँदा फाइदा

Share

१.क्यान्सरबाट बचाउँछ :
भुइँकटहरमा ब्रोमेलेन नामक तत्व हुन्छ, जसले शरीरलाई क्यान्सरबाट बचाउन सहयोग गर्दछ । भुइँकटरहरमा क्यान्सर प्रतिरोधी गुण हुने विभिन्न अध्ययनहरुले देखाएका छन् ।

२.हड्डी बलियो :
भुइँकटहरमा पर्याप्त मात्रामा म्याग्नेसियम, क्याल्सियम जस्ता लवण पाइन्छ जसले हड्डीलाई मजबुत राख्नमा मद्दत गर्दछ ।

३.मधुमेह रोगको लागि लाभदायक :
भुइँकटहरमा कम मात्रामा क्यालोरी हुन्छ र यसमा चिनीको मात्रा पनि कम हुन्छ । तसर्थ यसको सेवनले जिउमा चिनीको मात्रा बढाउँदैन । मधुमेहका रोगीले पनि भुइँकटहरको सेवन गर्नु फाइदाजनक हुन्छ ।

४.रोग प्रतिरोधी क्षमता बढाउन :
भुइँकटरहमा हुने भिटामिन सी जस्ता तत्वले शरीरको रोग प्रतिरोधी क्षमतामा वृद्धि गर्न सहयोग गर्छ ।

५.अनुहारमा चमकदार :
भुइँकटहरमा एन्टी अक्सिडेन्ट तत्व हुन्छ जसले बुढ्यौलीका लक्षणहरुलाई कम गर्ने, शरीरका कोषहरुको क्षयिकरण रोक्ने, अनुहारका दाग धब्बा तथा चाउरीपना कम गर्न सहयोग गर्छ । यसमा हुने प्रोटिनले छालालाई चम्किलो बनाउँछ ।

६.पाचन क्रियाको सन्तुलन :
भुइँकटहरमा पर्याप्त मात्रामा फाइबर हुन्छ जसले पाचन क्रियालाई सहज बनाउँछ र खानेकुरा सजिलो सँग पचाउँछ । साथै यसले अनावश्यक अम्ललाई निस्कासन गर्न र ग्यास्ट्राइटिसको समस्या पनि कम गर्छ ।

तपाईको प्रतिक्रिया