बस दुर्घटना हुँदा एक जनाको मृत्यु, १५ घाइते

कोशिस मल्टिमेडिया
७ वर्ष पहिले
बस दुर्घटना हुँदा एक जनाको मृत्यु, १५ घाइते

Share

नारीकोसिस डटकम/साउन ३१, हेटौँडा । हेटौँडामा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१९ नेवारपानीमा बस दुर्घटना भएको हो ।

काठमाडौँबाट रौतहटतर्फ जाँदै गरेको ना५ख २२३३ नंको बस अनियन्त्रित भई पल्टिएर विजुलीको खम्बामा ठोक्किँदा सर्लाहीको रामनगर बोरहवाका ५८ वर्षीय मुकेश शर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घाइतेको चितवन र मकवानपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया