घुस रकमसहित विद्यालयका अध्यक्ष र प्रअ पक्राउ

नारीकोसिसस डटकम/साउन ३१, काठमाडौं । रु ६५ हजार घुस रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पश्चिम नवलपरासीबाट विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पाल्हीनन्दन गाउँपालिका–३ स्थित सिद्धार्थ माविका अध्यक्ष केदार गिरी र सोही विद्यालयका प्रधानाध्यापक लेखनाथ उपाध्याय रहेका छन् ।
अख्तियारको बुटवलस्थित कार्यालयबाट खटिएको टोलीले बिहीबार परासीस्थित लुम्बिनी प्लसको कार्यालयबाट दुवै जनालाई पक्राउ गरिएको अख्तियार आयोग कार्यालयका सूचना अधिकारी सुरेश भुसालले बताए ।
शिक्षकको सरुवा सहमति र रमना मिलाइ दिएबापत उनीहरुले घुस लिएका थिए ।



तपाईको प्रतिक्रिया