गोरखामा खुर्पा प्रहार गरी श्रीमतीको हत्या

नारीकोसिस डटकम/भदौ १, गोरखा । गोरखा नगरपालिका–९, लक्ष्मीबजारमा गएराति श्रीमानले खुर्पा प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।
स्थानीय २० वर्षीय याकुब परियारले आफ्नी १९ वर्षकी श्रीमती पूजा परियारको खुर्पाले घाँटी रेटेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय, गोरखाका प्रमुख प्रहरी उपरीक्षक ओम अधिकारीले जानकारी दिए ।
हत्याका आरोपित याकुवलाई गएराति नै नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको र याकुव मानसिक रोगी रहेको प्रहरीले जनाएको छ ।
मृतकको शव परीक्षणका लागि अहिले जिल्ला अस्पताल गोरखामा राखिएको प्रहरीले जनाएको छ ।



तपाईको प्रतिक्रिया