पुडासैनी आत्महत्या प्रकरण : भरतपुरको केही क्षेत्रलाई निषेधित क्षेत्र घोषणा

नारीकोसिस डटकम/भदौ २, चितवन । जिल्ला प्रशासन कार्यालय, चितवनले भरतपुरको केही क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ ।
रबि लामिछाने पक्राउ परेकै भोलिपल्टदेखि प्रर्दशन र नारावाजी हुन थालेपछि प्रशासनले शान्ति कायम गर्न बाध्य भएर क्षेत्रलाई निषेधित घोषणा गरेको हो ।
चौबीसकोठीदेखि मालपोतचोकसम्म निषेधित क्षेत्र घोषणा गरिएको जिल्ला प्रशासन कार्यालय, चितवनका डीएसपी दीपेन्द्र शाहले बताए।उनका अनुसार निषेधित क्षेत्रमा अस्पताल, सरकारी कार्यालय, अदालतजस्ता सम्वेदनशील निकायहरू छन् ।
पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणबारे अनुसन्धान गर्न रविलगायतका सञ्चारकर्मीलाई प्रहरीले नियन्त्रणमा लिएपछि उनको पक्ष र विपक्षमा केही दिनदेखि यी क्षेत्रमा प्रदर्शन हुँदै आएको छ । अहिले जिल्लाको सुरक्षा व्यवस्था थप कडा बनाइएको छ ।



तपाईको प्रतिक्रिया