रवि लामिछानेसहित तीन जनालाई जिल्ला अदालत पेश गरियो

कोशिस मल्टिमेडिया
७ वर्ष पहिले
रवि लामिछानेसहित तीन जनालाई जिल्ला अदालत पेश गरियो

Share

नारीकोसिस डटकम/भदौ ८, भरतपुर । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा मुछिएका सञ्चारकर्मी रवि लामिछाने सहित तीन जनालाई अदालतमा पेश गरिएको छ ।

आइतबार बिहान १० बजे लामिछाने, पत्रकार युवराज कंडेल र नर्स अस्मिता कार्कीलाई जिल्ला अदालत लगिएको हो ।

हिरासत मै राखेर अनुसन्धान गर्न अदालतले पुनः पाँच दिन थपेको म्याद आज सकिएको छ । लामिछानेविरुद्ध अभियोग पत्र दायर गरेसँगै आजदेखि नै सरकारी वकिल र लामिछानेलगायतका वकिलबीच बहस सुरु हुनेछ ।

आज बहस नसकिए भोली सोमबार पनि बहस चल्ने छ । बहस सकिएपछि लामिछाने रिहा हुने नहुने बारे निर्णय हुने छ ।

पुडासैनीको मोबाइलमा भेट्टिएको भिडियोमा लामिछाने, कँडेल र कार्कीले मर्न बाध्य पारेको अरोप थियो ।

तपाईको प्रतिक्रिया