न्यूरोडमा सांसद सुवेदीलाई लुटेको आरोपमा एक पक्राउ

नारीकोसिस डटकम/भदौ ८, काठमाडौं । राजधानीको न्यूरोड बजारमा सांसद भावना सुवेदीलाई लुटेको घटनामा संलग्न भएको आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा काठमाडौंको मैतीदेवी बस्ने १९ वर्षीय निश्चल थिङ छन् । उनलाई महानगरीय प्रहरी वृत्त, जनसेवाबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो ।
सीसी टीभी फुटेजको विश्लेषणका आधारमा उनलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान थालेको छ ।
यसअघि २६ साउनमा न्यूरोडमा सुवेदीको झोलाबाट अपरिचित व्यक्तिले पर्स र त्यसमा रहेको ७ हजार तीन सय रुपैयाँसहित केही महत्वपूर्ण परिचय पत्र लुटिएको थियो ।
पक्राउ परेका युवकको साथबाट केही प्रमाण भेटिएको नभेटिएको खुलाइएको छैन ।



तपाईको प्रतिक्रिया