तनहुँमा कारको ठक्करबाट एक युवतीको मृत्यु

नारीकोसिस डटकम/भदौ १२, तनहुँ । बन्दीपुर गाउँपलिका ४ चुनपहरामा बिहीबार कारको ठक्करबाट युवतीको मृत्यु भएको छ ।
पृथ्वी राजमार्ग अन्तरगत डुम्रेबाट काठमाडौंतर्फ जाँदै गरेको बा १ य १३९७ नम्बरको कारले राजमार्गमा यात्रा गरिरहेकी स्थानीय १८ वर्षीया मनिसा परियारलाई ठक्कर दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख पूर्णबहादुर अधिकारीले बताए।
कारको ठक्करबाट घाइते परियारको डुम्रे स्थित लक्ष्मी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको ट्राफिक प्रहरी प्रमुख अधिकारीले बताए।
घटनामा संलग्न कार र चालक प्रहरीले नियन्त्रणमा रहेको अधिकारीले बताए।



तपाईको प्रतिक्रिया