सुर्खेतको कट्कुवा जंगलमा २३ वटा गाई मृत भेटिए

कोशिस मल्टिमेडिया
७ वर्ष पहिले
सुर्खेतको कट्कुवा जंगलमा २३ वटा गाई मृत भेटिए

Share

नारीकोसिस डटकम/भदौ १३, काठमाडौं । सुर्खेत वीरेन्द्रनगर नगरपालिकाको कट्कुवा जंगलमा २३ वटा गाई मृत भेटिएका छन् ।

बाँकेको नेपालगञ्जबाट ट्रकमा राखेर दैलेख लैजादै गरेका गाई मृत भेटिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

मृत गाई भेटिएको ठाउँमा १५० वटा जिवित गाई पनि भेटिएका छन् ।

गाई कसैले मारेर फालेको हो या आफै मरेका हुन् भन्ने खुलेको छैन । यसबारे अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
गाईको संख्या र कसले कहाँ लैजान लागेको हो भन्ने समेत खुलेको छैन ।

तपाईको प्रतिक्रिया