तीजको बेला रातै म भाकी छु

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
तीजको बेला रातै म भाकी छु

Share

तीजको बेला यी हेरत
रातै म भाकी छु
तिम्रै नामको  सिन्दूर टिका
लगाएर म आकी छु
चुरा लगाउदा
धागो लगाउँदा
भिन्दै आफुलाई पाकी छु
तिम्रै नामकोसिन्दूर टिका
लगाएर म आकी छु

तिमिले ल्याइदिएको बाहिरी साडी हेरत
आज अघाउन्जेल लाकी छु
तिमीले लगाइदिएको पोते हेरत
यी डोरा- डोरा  भित्र तिमीलाई पाकी छु
तिम्रै नामको सिन्दूर टिका
लगाएर म आकी छु

यो चोली अनि तिम्रा बोलिहरु
हृदयभरी पाकी छु
देवताको थान नै जानु पर्दैन मैले
निराहार ब्रत बसी, भोको पेटमा
गोडाको पानी खानु पर्दैन मैले
दु:ख र सुखको यात्रामा
जिम्वेवारीको बोध हुनुपर्छ
बस
विवेकपूर्ण जीवनको खोज छुनुपर्छ
तीजको बेला यी हेरत
रातै म भाकी छु
तिम्रै नामको  सिन्दूर टिका
लगाएर म आकी छु

तपाईको प्रतिक्रिया