म मन्दिरमा जलेको अन्धकारमा ज्योती छर्न

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
म मन्दिरमा जलेको अन्धकारमा ज्योती छर्न

Share

कहाँ सजिलो छ र ?
आफै बलेर अरुलाई उज्यालो दिन
कहाँ सहज छ र ?
आफै जलेर अरुलाई सुगन्ध दिन
यहि सहज नभएर होला
म मन्दिरमा जलेको
अन्धकारमा ज्योती छर्न
घरघरमा बलेको

यस्तै छ मेरो जीवन
आवश्यक्ता पर्दा बालिदिन्छन्
यस्तै छ मेरो जीवन
नचाहिदा निभाइदिन्छन्
संसारलाइ उज्यालो पार्न
आफुलाई नै पगाली दिन्छु
तिम्रो भगवानलाइृ सुगन्ध दिन
आफुलाई नै जलाइृ दिन्छु
यसरी नै चलिरहन्छ मेरो जीवन
अझै थाहा छैन
कतिको जीवनमा उज्यालो पार्न म कति बल्नु पर्छ
कतिको जीवनमा सुगन्ध छर्न म कति जल्नु पर्छ

 

सविता बस्नेत दानी

तीनथाना, चन्द्रागिरि १५, काठमाडौ

तपाईको प्रतिक्रिया