सिंगापुरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदका सदस्यसँग ‘टेलीप्रिजेन्स’मार्फत काम कारबाहीका बारेमा जानकारी

नारीकोसिस डटकम/भदौ १७, काठमाडौं । सिंगापुरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदका सदस्यसँग ‘टेलीप्रिजेन्स’मार्फत काम कारबाहीका बारेमा जानकारी लिनुभएको छ ।
कुनै एजेण्डामा निर्णय नभए पनि आ–आफ्नो मन्त्रालयमा भएका काम कारवाहीबारे प्रधानमन्त्रीलाई जानकारी गराइएको जनाएको छ ।
प्रधानमन्त्री ओलीले मन्त्रालयका समस्याहरु र मन्त्रिपरिषद बैठक नबस्दा रोकिएका कामबारे समेत चासो राखेका छन् । यसअघि प्रधानमन्त्रीले संसदीय काम कारवाहीका बारेमा संसदीय दलका कार्यवाहक नेता सुवास नेम्वाङसँग छलफल गरेका थिए ।



तपाईको प्रतिक्रिया