गोठाटारमा मानव बेचविखन विरुद्ध वृहत्त ¥याली

नारीकोसिस डटकम/भदौ १९, काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका वडा ९ गोठटारमा मानव बेचविखन तथा ओसार–पसार विरुद्ध बृहत्त शान्तिपूर्ण ¥याली पदर्शन गरिएको छ ।
समुदाय प्रहरी साझेदारी सप्ताहा ब्यापी कार्यक्रम अन्र्तगत गरिएको सो शान्तिपूर्ण ¥यालीमा समुदाय प्रहरी साझेदारीका सदस्यहरु, स्थानीय जनप्रतिनिधि, स्थानीय संघ–संस्था,महिला समूह, विद्यार्थीहरु, लगायत स्थानीय जनताले सहभागीता जनाएको थियो।
विहान ७ वजेदखि सुरु भएको सो ¥याली विरेन्द्र चोक हुँदै गान्धिमोड खहरेचोक सनराइजचोक परिक्रमा गरी काँडाघारीचोकमा कोण सभा गरी सम्पन्न भएको हो ।
सप्ताहा ब्यापी कार्यक्रम अन्तर्गत देशब्यापी रुपमा यस्ता कार्यक्रमहरु आयोजना गरिएको महानगरीय काँडाघारी प्रहरी प्रभागका प्रमुख सुधिर राईले जानकारी दिनुभयो।



तपाईको प्रतिक्रिया