चिनियाँ विदेशमन्त्री वाङ आज नेपाल आउँदै

नारीकोसिस डटकम/भदौ २२, काठमाडौं । तीन दिने नेपाल भ्रमणका लागि चिनियाँ विदेशमन्त्री वाङ यी आज काठमाडौं आउँदै हुनुहुन्छ। वाङ चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणको तयारीका लागि आउन नेपाल लाग्नुभएको हो।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र चिनियाँ विदेशमन्त्री वाङबीच सोमबार द्विपक्षीय समझदारी र सहकार्यका विषयमा छलफल हुने अधिकारीहरूले बताए । वार्तामा नेपाल–चीनबीच दुईवटा समझदारी आदानप्रदान हुनेछ । भूकम्पपछि चीनले दिएको सहयोगको समीक्षा हुनेछ ।
चिनियाँ राष्ट्रपति सीको अघिल्लो कार्यकालमा पनि विदेशमन्त्री रहनुभएका वाङ यसअघि सन् २०१४ मा नेपाल भ्रमणमा आउनुभएको थियो। यसपटकको उहाँको भ्रमणका क्रममा दुवै मुलुकका परराष्ट्रमन्त्रीले नेतृत्व गर्ने औपचारिक वार्ता भोलि सोमबार हुनेछ।
यस्तै तातोपानी र केरुङ नाकाका अध्यागमनको सहजता, भौतिक संरचना, टिमुरेमा बनाउने ड्राइपोर्ट, रेलमार्ग निर्माण प्रक्रियामा भइरहेको प्रगतिका विषयमा छलफल हुनेछ । चिनियाँ टोली १९ सदस्यीय हुनेछ ।
राष्ट्रिपतिको र बीआरआइका विषयमा पनि छलफल हुनेछ । चिनियाँ परराष्ट्र मन्त्रालयका अनुसार विदेशमन्त्री वाङ पाकिस्तानको इस्लामाबादमा शनिबार आयोजना हुने त्रिपक्षीय अफगानिस्तान–पाकिस्तान–चीन विदेशमन्त्रीस्तरीय वार्तामा सहभागी भएका छन् ।



तपाईको प्रतिक्रिया