आमा सम्बन्धी प्रसिद्ध विद्धवानहरुको भनाईहरु

कोशिस मल्टिमेडिया
७ वर्ष पहिले
आमा सम्बन्धी प्रसिद्ध विद्धवानहरुको भनाईहरु

Share

 

१. मेरी आमा नै मेरो शक्ति हुन् ।

–एलिसिया किज

२. जव एउटा बच्चा जन्मिन्छ, त्यो बच्चाको जन्म सँगै आमाले पनि पुनर्जन्म लिन्छिन् ।
–गिल्बर्ट पार्कर

३. छोराछारीको लागि एउटा बाबुले गर्नुपर्ने सवैभन्दा महत्वपूर्ण काम भनेको उनीहरुकी आमालाई माया गर्नु हो ।
–थेओडोर हेस्बुर्घ

४. रुनको लागि सवैभन्दा सुरक्षित र  राम्रो ठाउँ भनेको आमाको अँगालो हो ।
–जोडी पिकल्ट

५. मैले आफ्नो जीवनमा देखेका महिलाहरु मध्ये मेरी आमा सवैभन्दा राम्री महिला हुन् ।
–जर्ज वाासिङगटन

६. मेरो लागि मेरी आमा सर्वगुण सम्पन्न व्यक्ति हुन् ।
–माइकल ज्याक्सन

७.आमाको मन, बच्चाको कक्षाकोठा हो ।
–हेनरी वार्ड बीचर

८. आमाको अँगालो कोमलताले बनेको हुन्छ । त्यसैले बच्चाहरु आमाको काखमा मस्तको निन्द्रा सुत्न सक्छन् ।

–भिक्टर हुयगो

९. आफ्ना सन्तालाई धेरै कुरा दिनको लागि आमाले आफ्नो जीवनमा धेरै कुराहरु त्याग्छिन् ।
–क्याथरिन पल्सिफर

१०. जो व्यक्तिसँग भगवान जस्ती आमा छिन्, त्यो व्यक्ति नै धनि व्यक्ति हो ।
–अब्राहम लिंकन

मलाई असल आमा देउ, म तिमीलाई असल राष्ट्र दिनेछु ।
–नेपोलियन वोनापार्ट

तपाईको प्रतिक्रिया