विप्लवका जिल्ला सेक्रेटरी राई जेलबाटै नेकपामा प्रवेश

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
विप्लवका जिल्ला सेक्रेटरी राई जेलबाटै नेकपामा प्रवेश

Share

नारीकाृसिस डटकम/भदौ ३०, फिक्कल । नेत्रविक्रम चन्द (विप्लव) समूहका इलाम जिल्ला सेक्रेटरी दीपेन राई जेलबाटै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् ।

उनले एक प्रेस विज्ञप्ति जारी गरी पार्टी परित्याग गर्दै सत्तापक्ष नेकपामा प्रवेश गरेको घोषणा गरेका छन् ।

राईले विप्लव नेतृत्वको नेकपा माओवादीले लिएको नीति गलत भएकाले उक्त पार्टीको साधारण सदस्यसमेत नरहने गरी अलग भएको विज्ञप्तिमा उल्लेख गरेका छन् ।

दीपेन गत चैत २० गते झापाको विर्तामोडबाट पक्राउ परेका थिए ।

उनलाई हाल इलामस्थित कारागारमा पुर्पक्षका लागि जेल चलान गरिएको छ ।

तपाईको प्रतिक्रिया