स्वतन्त्र गजल

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
स्वतन्त्र गजल

Share

स्वतन्त्र गजल

यो झरीको पनि त के भर छ र
आफ्नै तालमा झर्छ के डर छ र

प्रकृतिको देन हो यो सबै कुरा
उसको नि कहाँ आफ्नै घर छ र

डुबाउछ कतै बगाउछ कतै
मान्छे नै मार्ने कहाँ रहर छ र

शितलता छरी दिन्छ गर्मीमा नि
बर्सिनु पर्ने उस्लाई कर छ र

तपाईको प्रतिक्रिया