सरकारी अस्पतालले असोज २ गते निःशुल्क ओपीडी सेवा

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
सरकारी अस्पतालले असोज २ गते निःशुल्क ओपीडी सेवा

Share

नारीकोसिस डटकम/भदौ ३१, काठमाडौं । आउँदो असोज २ गते देशभरका सरकारी अस्पताल तथा स्वास्थ्य संस्थाले निःशुल्क सेवा प्रवाह गर्ने भएका छन् ।

असोज ३ मा पर्ने संविधान दिवस भव्यताका साथ मनाउने निर्णय गरेको स्वास्थ्य मन्त्रालयले त्यसको अघिल्लो दिन आफू मातहतका अस्पताल तथा स्वास्थ्य संस्थाको बहिरंग (ओपीडी) सेवाको टिकट निःशुल्क गर्न लागेको हो ।

मन्त्रालयका अनुसार, ओपीडी निःशुल्क भए पनि अन्य सेवा भने पूर्ववत् प्रवाह हुनेछ ।

तपाईको प्रतिक्रिया