नारायणगढ सडकखण्ड अन्तर्गत माइक्रोबस र ट्रक ठोक्किँदा ४ जना घाइते

नारीकोसिस डटकम/असोज १, काठमाडौं । चितवनको मुग्लिङ्ग नारायणगढ सडकखण्ड अन्तर्गत फिस्लिङमा बुधबार माइक्रोबस र मालबाहक ट्रक एक आपसमा ठोक्किँदा ४ जना घाइते भएका छन् ।
नारायणगढबाट काठमाण्डौं तर्फ आउँदै गरेको बा ४ ख १४२७ नम्बरको माईक्रोबस र बिपरित दिशाबाट आइरहेको ना ८ ख ३४३० नम्बरको ट्रक ईच्छाकामना ३ स्थित फिस्लिङमा एक आपसमा ठोक्किँदा माइक्रोबसमा सवार ४ जना घाइते भएका हुन् ।
घाइते मध्ये २ जनाको अवस्था गम्भीर रहेको छ । घाइते सबैलाई उपचारका लागि चितवनको भरतपुर पठाइएको प्रहरीले जनाएको छ।
माइक्रोबस र ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।



तपाईको प्रतिक्रिया