बालिकालाई बलात्कार गरी हत्या गर्ने दुई जनालाई आजीवन कारावास

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
बालिकालाई बलात्कार गरी हत्या गर्ने दुई जनालाई आजीवन कारावास

Share

नारीकोसिस डटकम/असोज २, धनुषा। एक बालिकालाई बलात्कार गरी हत्या गर्ने दुईजनालाई जिल्ला अदालत, धनुषाले बुधबार आजीवन कारावासको सजाय सुनाएको छ ।

उक्त अभियुक्त धनुषाको औरही गाउँपालिका–२, परवाहाका ३१ वर्षीय विनोद मुखिया र ३३ वर्षीय नथुनी पण्डितलाई जिल्ला अदालत धनुषाले आजीवन कारावासको सजायको फैसला सुनाएको हो ।

झण्डै एक वर्षअघि विसं २०७५ असोज २६ गते दुर्गा मेला हेर्न गएकी परवाहाकी रामाशिष यादवकी १० वर्षकी छोरी मनिताकुमारी यादवलाई गाउँकै स्थानीय मुखिया र पण्डितले रु १० को प्रलोभन देखाएर गाउँभन्दा पर लगी बलात्कार गरी हत्या गरेका थिए ।

तपाईको प्रतिक्रिया