आजबाट दशैंको अग्रिम टिकट बुकिङ खुला

नारीकोसिस डटकम/असोज ४, काठमाडौं । दशैंमा उपत्यकाबाट बाहिरिने यात्रुको लागि आज आइतबारबाट बसको टिकट बुकिङ खुलेको छ ।
लामो दूरीमा चल्ने बसको अग्रिम टिकट बुकिङ सुरु भएको हो । नजिकका जिल्लाका लागि भने केही दिनपछि बुकिङ खुल्ने नेपाल यातायात व्यवसायी महासंघले जानकारी दिए ।
आजबाट कलंकी, बल्खु, नयाँ बसपार्क, पुरानो बसपार्क, कोटेश्वर, तिलगंगा, चाबहिल, स्वयम्भू, सुन्धारा, नागढुंगा, जगाती र लगनखेल लागयतका स्थानमा अग्रिम बुकिङ सुरु भएको छ। दशैंमा करिब ३० देखि ३५ लाखले काठमाडौं छाड्ने अनुमान छ ।
टिकट बुकिङ खुले पनि उपत्यकामा यात्रु सहायता कक्ष भने असोज १० बाट मात्रै सुरु हुने भएको छ । बढी भाडा लिन खोज्ने ब्ल्याकमा टिकट बिक्री गरे तथा अन्य कुनै समस्या भए यात्रुले विभाग वा ट्राफिक प्रहरीमा उजुरी गर्न सक्ने विभागमा निर्देशक तिर्थराज खनालले जानकारी दिए ।
एकै समयमा धेरै यात्रुले काठमाडौं छाड्ने भएकाले यो समयमा पहिले नै टिकट काट्ने प्रचलन छ । यातायात व्यवस्था विभागमा आफू जाने स्थानसम्मको भाडादरबारे पूर्व जानकारी राखेर टिकट काट्न जान यातायात व्यवस्था विभागले सबैलाई अनुरोध गरेको छ ।



तपाईको प्रतिक्रिया