बझाङमा केदारस्युँको वडा कार्यालयमा आगजनी

नारीकोसिस डटकम/असोज ५, बजाङ । बझाङको केदारस्युँ गाँउपालिका ७ को वडा कार्यालयमा आगजनी भएको छ ।
शनिबार राति सो वडा कार्यालयमा आगजनी भएको गाँउपालिकाकी उपाध्यक्ष निसा धामीले जानकारी दिइन् । उपाध्यक्ष धामीका अनुसार आगजनीबाट वडा कार्यालयमा रहेका सामान तथा कागजपत्रहरु जलेका छन् ।
आगजनी कसले गरेको हो भन्नेबारे खुलेको छैन ।
तपाईको प्रतिक्रिया