१०१ वर्षमा राष्ट्रकवि माधव घिमिरे

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
१०१ वर्षमा राष्ट्रकवि माधव घिमिरे

Share

नारीकोसिस डटकम/असोज ७, काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरे आजबाट एक सय वर्ष उमेर पार गरेका छन् । आजबाट उनी १०१ वर्ष पुगेका हुन् ।
वि.सं. १९७६ को असोज ७ गते लमजुङको पुस्तुन गाउँमा जन्मिएका राष्ट्रकवि घिमिरे अझै सृजनामा समर्पित छन् ।

स्वास्थ्यमा बेला बेलामा समस्या आएपनि उनी कृति रचना गर्न छाडेका छैनन् ।

नेपाली साहित्यको कविता विधामा कलम चलाउँदै आएका घिमिरेले गीतकार, गीतिनाटक समेत रचना गरेका छन् ।

लेखनाथ पौडेलको कविता पढ्दा पढ्दै कविता लेखनमा लागेका उनले नेपाली साहित्यलाई दर्जनौं कृति दिएका छन् ।

राष्ट्रवादी कवि घिमिरेलाई राष्ट्रले सम्मान र सुविधा दिदै आएको छ । संघ संस्थाबाट पनि उनी सम्मानित हुँदै आएका छन् ।

तपाईको प्रतिक्रिया