मेरो बाह्र वर्ष

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
मेरो बाह्र वर्ष

Share

विवाह भएको बाह्रौं वर्षको अवसर थियो । श्रीमान रक्सी खाएरओछ्यानमा मस्त पल्टिएको थियो । श्रीमतीले उसबाट कहिल्यै सुख पाइन । र जीवनदेखि हतास र निराश विष पिई। तर उसकी छोरीले विष पिएको देखी । छोरीले उसलाई अस्पताल पु¥याई, ऊ बाँची ।

पुलिसले उसमाथि आत्महत्याको मुद्दा चलायो । अदालतमा उसले आफ्नो बचाउमा केही पनि बोलिन, तर छोरी चुप नरहेर उसले अदालतलाई आफ्नो पिताको दुर्व्यवहारबारे सबै बताईन् ।

अदालतले उसलाई सम्बन्ध विच्छेदको कागजपत्रमा हस्ताक्षर गरिदियो र श्रीमतीलाई पन्ध्र सिलिङ दिदैं भन्यो, यो लेउ पहिलो सप्तहको आफ्नो पैसा ।

श्रीमतीले पैसा उठाई र श्रीमानलाई भनी, यो लेऊ आफ्नो पैसा अनि मलाई मेरो बाह्र वर्ष फर्काइदेऊ ।
– विलियम समरसेट मम

तपाईको प्रतिक्रिया