सोमबारबाट मौसममा सुधार

नारीकोसिस डटकम/असोज १२, काठमाडौं । सोमबारबाट मौसममा क्रमिक रुपमा सुधार आउने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केही सातादेखि लगातार वर्षाका कारण यसपालिको दशैंमा पानी पर्छ कि भन्ने चिन्ता आम जनता चिन्तामा छन् ।
तर दशैंमा ठूलो पानी पर्छ कि भनेर आत्तिहाल्नु पर्ने अवस्था नरहेको मौसमविदको भनाइ छ ।
मौसम पूर्वानुमान महाशाखाकी मौसमविद मञ्जु बासीले भनिन्, ‘अहिले जुन सिस्टमले पानी पारिरहेको छ, यो सिस्टम भोलि (सोमबार) बाट क्रमिक रुपमा सुधार हुँदै जाने देखिन्छ ।’
आइतबारको तुलनामा सोमबार मौसममा बढी सुधार देखिने उनको भनाइ छ ।



तपाईको प्रतिक्रिया