के हो सेतो पानी बग्ने समस्या ?

नारीकोसिस डटकम। उमेर पुगेका वा कुनै पनि उमेर समूहका यूवतीहरूमा कहिलेकाहि यौनांगबाट सेतो पानी आउनु सामान्य हो ।
तर नेपालका ग्रामीण भेगहरूमा अझ शहरमा पनि लाज, धक, डर र संकोच तथा यौन शिक्षाको कमिका कारण यौनरोगलाई लुकाउने प्रचलन अझै छ । विभिन्न यौनरोगहरुमध्ये यौनांगबाट सेतो पानी वगिरहेने समस्या पनि एक हो ।
यदि कसैलाई अत्याधिक सेतो पानी बग्छ भने त्यो समस्या हो । यौवनावस्थामा, महिनावारीको मध्य भागतिर (डिम्ब निस्किने बेला), महिनावारी हुनु ठीक्क अगाडि स्त्री जनेन्द्रियमा रगतको बहाव बढ्नाले सेतो पानी बढी बग्ने चिकित्सकहरु बताउँछन् ।
धेरै युवतीहरू योनीबाट गन्हाउने सेतो पानी बगेको समस्यालाई खासै खुलेर भन्न सक्दैनन् । परिणाम भयावह अवस्था सामाना गर्नुपर्छ ।
चिकित्सक भन्छन्, यस्ता समस्याको उपचार खोज्नूपर्छ लुकाएर संकोच मानेर हुँदैन ।
योनीबाट पानी जस्तो तर चिप्लो वा बुझ्ने भाषामा भन्नुपर्दा पातलो सिँगानजस्तो लामो तन्किने खालको पानी बग्यो भने त्यसलाई सामान्य लिनुपर्छ । यो सामान्य प्राकृतिक चक्र हो ।
यस्तोखाले पानी गन्हाउँदैन। यो पानी सेतो हुन्छ। योनी चिलाउँदैन। शारीरिक सम्बन्धको चाह हुँदा पानीको मात्रा धेरै बग्न सक्छ। सम्पर्क हुने समय अझै धेरै पानी बग्न सक्छ। यो बेला पनि आत्तिनु पर्दैन ।
जब योनीबाट अस्वभाविक रुपमा धेरै पानी बग्छ, थाम्नै नसक्नेगरी पानी आईरहन्छ । त्यो गन्हाउने किसिमको छ, योनी चिलाउने र दुख्ने हुन्छ भने तुरुन्तै चिकित्सकको सल्लाह लिएर उपचार गर्नुपर्छ ।
तपाईको प्रतिक्रिया