बलात्कार आरोति रोशनी शाही र उनका श्रीमान चित्रजंगसँग डिभोर्स ! (सहमति पत्रसहित)

नारीकोसिस डटकम/असोज १६, काठमाडौं । बलात्कारको आरोप लगाउने रोशनी शाहीले श्रीमानसँग सम्बन्ध विच्छेदको लागि प्रक्रिया अगाडि बढाएकी छन् ।
सभामुख कृष्णबहादुर महरालाई बलात्कारको आरोप लगाएपछि आफैले खण्डन गरेकी शाहीले आफ्ना श्रीमान चित्रजंग शाहीसँग डिभोर्स प्रकृया अगाडी बढाएकी हुन् ।
‘प्रिय जनहरू, थुप्रै उतारचढावका बीच बितेका हाम्रा साथसाथ २८ वर्ष दिनहरू बिते। समयको गतिसँगै असहमति असन्तुष्टि आउँदा रहेछन्। तथापी खुसी साथ अलग बस्ने निर्णय गरेका छौं। कानुनी प्रक्रिया निरन्तरताका साथ’ चित्रजंग शाहीले बिहीबार फेसबुकमा सेयर गरेका सम्बन्धबिच्छेद पत्रमा भनिएको छ।
आजैका मितिदेखि दुईजनाबीच छुट्टाछुट्टै बस्ने सहमति भएको रोशनीका श्रीमान चित्रजंग शाहीले आफ्नो सामाजिक संजाल फेरबुक मार्फत जानकारी गराएको हो । यो घटनासँगै महरा प्रकरण नयाँ मोडमा पुगेको छ । रोशनीले डिभोर्सका लागि श्रीमानसँग कानुनी प्रकृया अगाडि बढाउने जनाएकी छन् ।
रोशनीका श्रीमानले दुईजनाबीचको सहमति फेसबुकबाट समेत सार्वजनिक गरेका छन् ।
https://www.facebook.com/photo.php?fbid=2509881649101059&set=a.319682131454366&type=3&theater




तपाईको प्रतिक्रिया