मिर्गौलाको पत्थरीबाट बच्ने घरेलु उपाय

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
मिर्गौलाको पत्थरीबाट बच्ने घरेलु उपाय

Share

नारीकोसिस डटकम ।  मिर्गौलाको पत्थरी विभिन्न कारणले हुन सक्छ । अस्तव्यस्त जीवनशैली, अस्वस्थ आहार तथा फोहोर खाना र दुषित पानीका कारण बन्न सक्छन् ।

त्यसमध्ये कतिलाई पत्थरीबारे नै थाहा हुदैँन । त्यसैले, मिर्गौलाको पत्थरी निकाल्ने वा पत्थर जम्ने जोखिम कम गर्ने सजिला घरेलु उपायबारे जानकारी लिईराख्नु राम्रो हुन्छ ।

१. कागतीको रसः कागतीमा पाइने साइट्रेट नामक तत्वले जमेर बसेको क्याल्सियमलाई तोड्न मद्दत गर्छ । यसको बढ्ने गतिलाई पनि सुस्त गरिदिन्छ । खासमा पत्थरी भनेकै मिर्गौला या पित्तथैलीमा जमेर बस्ने क्याल्सियमको ढिक्का हो । मिर्गौलाको पत्थरी हटाउन हरेक दिन खानापछि कागतीको जुस पिउन सकिन्छ, वा खानामै यसलाई सामेल गर्न सकिन्छ ।

२. गहुँको जमराको जुसः गहुँको जमराको जुुुसमा केही यस्ता तत्व हुन्छन्, जसले पिसाब बनाउन मद्दत गर्छन् । जमराको जुसले मिर्गौलामा रहेको पत्थरी पिसाबको माध्यमबाट निकाल्न मद्दत गर्छ । गहुँको जमरामा एन्टी–अक्सिडेन्ट्स हुन्छन्, जो मुत्रनलिमा जमेको क्याल्सियमलाई हटाउन मद्दत गर्छन् ।

३. पानीः प्रशस्त पानी पिउनु मिर्गौलाको पत्थरी हटाउने सबैभन्दा उत्तम उपाय हो । बनेको पत्थरी हटाउने मात्र नभई पत्थरी बन्न नदिनका लागि दिनमा १२ गिलासभन्दा बढी पानी पिउनु राम्रो हुन्छ । यसले शरीरमा पानीको कमी हुन दिँदैन र मिर्गौलालाई पनि स्वस्थ राख्छ । यसो गर्दा शरीरमा फोहोर जमेर बस्न पनि पाउँदैन ।

४. तुलसीः तुलसीको पातमा केही यस्ता तत्व हुन्छन्, जुन रगतमा युरिक एसिडको मात्रा स्थिर राख्न फलदायी छन् । यसबाट मिर्गौलामा पत्थरी बन्न पाउँदैन । तुलसीमा एसेटिक एसिड पनि हुन्छ । जो मिर्गौलाको पत्थरलाई घोल्न र बाहिर निकाल्न मद्दत गर्छ । दैनिक एक चम्चा तुलसीको रस पिउनाले मिर्गौलाको पत्थरी हटाउन सकिन्छ ।

५. एप्पल साइडर भिनेगारः भिनेगारमा एसेटिक एसिड हुन्छ । यसले जमेको क्याल्सियमलाई टुक्राएर बाहिर निकाल्न मद्दत गर्छ । हरेक दिन खाना खाएपछि एप्पल साइडर भिनेगारलाई पानीमा मिलाएर पिउनु मिर्गौलाको लागि राम्रो हुन्छ ।

यो सामान्य जानकारीमात्रै हो । पत्थरी भएको शंका लागेमा डा क्टरको सल्लाह बमोजिम औषधी गरेमा दिर्गायु रहन सकिन्छ ।

तपाईको प्रतिक्रिया