सामान्य झगडा पर्दा नगर्नु यी गल्ती

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
सामान्य झगडा पर्दा नगर्नु यी गल्ती

Share

नारीकोसिस डटकम । जोडीबीच हुने सामान्य रिसा रिस हुनु वा ठाकठुक पर्नु प्रेमको एक रुप पनि हो । यसलाई सकारात्मक रुपमा हेर्ने हो भने प्रेम पनि बढाउँछ । तर केही विषयमा गम्भीर नबन्दा ठाकठुकले गम्भीर रुप दिन सक्छ । यसमा दुवैजना सचेत हुन आवश्यक हुन्छ । त्यसैले रिस उठेको वेला वा ठाकठुक पर्ने वेलामा निम्न गल्ती नगर्दा राम्रो हुन्छ ।

चिच्याउनु हुन्नः

जोडीबीच सामान्य होस् या गम्भीर विषयमा विवाद हुँदा एकआपसमा ठूलो स्वरले कराउने, चिच्याउने गर्नुहुन्न । रिसलाई नियन्त्रण गर्नुपर्छ । रिसले व्यक्तिलाई नियन्त्रण ग¥यो भने सामान्य विषयको भनाभनले गम्भीर रुप लिन सक्छ । ठाकठुकलाई गम्भीर मोडमा जानबाट रोक्ने उपाय शान्त बस्नु नै उत्तम हुन्छ ।

पुराना कुरा नकोट्याउने
झगडाको समयमा व्यक्तिले संयम गुमाउँदै जोडीको पुराना कमजोरी कोट्याउने, तिमीले पनि के गरेका थियौं थाहा छ जस्ता शब्दको प्रयोग गर्ने, आफन्त र जोडीको साथीसँगको सम्बन्धबारे नकारात्मक कुरा भन्ने गर्नुहुन्न । त्यसले सामान्य झगडाको विषयलाई विषयान्तर गर्दै सम्बन्धलाई गम्भीर मोडतिर लैजानसक्छ ।

लामो समय मौन नबस्ने
झगडा परेपछि जोडीबीच केही समयसम्म बोलचालै नहुने हुनसक्छ । बोलचाल बन्द भएको अवधि बढ्दै जाँदा सम्बन्धमा तीतोपना पनि बढ्दै जानसक्छ । त्यसैले सकेसम्म रिसाउने अवधि छोट्याउँदै दुवैबीच सहज संवादको वातावरण बनाउनु राम्रो हुन्छ ।

निर्णय नलिनेः रिस उठेको वेला सकेसम्म कुनै पनि निर्णय नलिने । यस्तो अवस्थामा लिएको निर्णय सहि नहुन पनि सक्छ । किनकि  एकछिनको रिसले वर्षौदेखिको प्रेम सम्बन्ध टुट्न सक्छ । त्यसैले यदि कुनै विषयामा निर्णय लिनु परेमा रिस शान्त भएपछि लिदा राम्रो हुन्छ ।

तपाईको प्रतिक्रिया