वैवाहिक सम्बन्ध बन्धन होइन

निर्मला सापकोटा सन्जेल
हाम्रो समाज पृतृसतात्मक संरचनामा आधारित छ । यहा पुरुषले नारीलाई विवाह गरेर ल्याइन्छ । समाजले दिएको यौन सम्बन्ध छुटको परिपक्क रुप विवाह हो । विवाह पुरुष र नारीको आपसी समझदारीतामा निर्धारण हुन्छ । यस सम्बन्धले एउटा परिवार बन्छ र क्रमिक रुपमा समाज संरचनाको निर्माण हुन्छ ।
पाश्चात्य देशमा विवाह गर्न र तोडन समय लाग्दैन भने हाम्रो समाजमा त्यो कम पाइन्छ किनकी यहा त्यो संस्कारको विकास परापुर्व कालदेखि नै छैन । जसले गर्दा सामाजिक सन्जाल फराकिलो पाइन्छ । अहिले आएर पाश्चात्य देशको जस्तै वैवाहिक सम्बन्धमा विभिन्न कारण असमझदारीता हुँदा ,सम्बन्धहरु आपसमा तोडिएका छन् । त्यो पनि शिक्षाका पहुचका कारण महिलाले मानसिक याताना सहन नसकेर आवाज उठाइ आफनो सहजतामा बाच्न चाहेर ल्याएका छन भने कतिपय महिलाहरुले आफनो दायित्व र जिम्वेवारीलाई कुल्चिएर स्वतन्त्रतालाई दुरुप्रयोग गरेका कारण पुरुषले यस्ता कारण विच सहज वातावरण र्सिजना गर्न नसक्दा, सम्बन्ध विच्छेदको स्थिति र्सिजना भएका छन ।नारीका लागि यो स्थितिमा कानुन वलिया बने । जस अनुसार आफना दविएका पिडित आवाजलाई बुलन्द गरे । यो परिवर्तलाई समाजको आवश्यक्ता नै ठान्नुपर्दछ किनकी समाज सधै परिवर्तनगामि हुन्छ । पुराना कुरालाई नयाँ ज्ञान र सीपले प्रतिस्थापन गरिन्छ । यो विकासको अघि बडने आधार पनि हो । कुनै पनि मानिस शारीरिक रुपमा क्षमतावान हुन मानसिक रुपले सवल हुनु पर्दछ ।तव मात्र दैनिक आफना क्रियाकलाप सहज रुपले संचालन गर्न सक्दछन ।
हामी नारी हौ, हामीलाई विवाह गरेर ल्याइन्छ । घरको कामकाज, इष्टमित्रको सौहाद्रता, श्रीमानको हेरचाह, बालबच्चाको लालनपालन र धेरै कर्तब्यहरु पुरा गर्ने हाम्रो दायित्व अवश्य हो साथै पुरुषले पैसा कमाउने घरलाइ ब्यवस्थित गर्ने । तर अब नारी त्यति दायरा भित्र मात्र सिमित छैनन् । पुरुष सरह जीम्मेवारी काँधमा बोकेर उनिहरु पनि आफना क्षमताको प्रस्तुती गर्न सक्छन । तसर्थ उनिहरुलाई पनि ती स्वतन्त्रता दिइनु पर्दछ । जसभित्र उनिहरुका क्षमता अनुसार कामकाजमा सहभागि गराई उनिहरुलाई पनि हौसला र प्रेरण भरिदिन सक्नुपर्छ । तव मात्र वैवाहिक सम्बन्ध कहिलै बन्धनको रुपमा हावि हुदैन । उसले हासिल गर्न चाहेको शिक्षा,सिक्न र बुझन चाहेको सिप मुलक तालिममा सहभागी गराई हौसला साथ सहयोग र प्रेरणा दिएमा विवाहित महिलालले पनि आफु आत्मानिर्भर जिवन जिउने प्रयास र सघ्रष गर्न सक्दछन। यसो गरिएमा वैवाहिक जिवन आपसमा सधै हौसला र प्रेरणदायि बन्दछ ।
नारी भनेको सृष्टि कर्ता हुन । उनि संग धर्ती जस्तै सहने क्षमता र जीवनरुपि यात्रालाई सहज कर्ताको रुपमा लान सक्ने दृडता हुन्छ । नारी जीवनलाई संकुचित दायरा भित्र राख्दा त्यसको बिकास न्युन हुन्छ । क्षमता सबैमा हुन्छ ।फरक मात्र धेर र थोरको रहन्छ ।ती क्षमता प्रस्तुत गर्ने अवसर वैवाहिक बन्धनमा बाधिएक नारीले पनि उहि र उतिकै प्राथमिक्ताका साथ दिइनु पर्दछ । उनिहरुमा सकात्मक सोचको विकास हुनुपर्दछ । जसले गर्दा मानसकि रोगको सिकार हुनु पदैन र जीवनमा आइपर्ने धेरै अप्ठयारा स्ंग लडन सक्छन । यो पाटोलाई केहि थोरै वर्गले मात्र बुझिदिएको हुदा ,धेरै वैवाहिक जीवन विताइ रहेका नारीहरु भित्रभित्रै पिल्सिरहेका छन् । ती आम समुदायले बुझिदिएर यस्मा चेतनाको स्तरलाई बृद्धि गरिनु पर्दछ ।जसले गर्दा आत्मा निर्भरशैलिको विकास हुदै ,हाम्रो समाज सु-ब्यबस्थित र सन्ततिले सकारात्मक सन्देश पाउने कुरामा दुई मत नहोला ।
तपाईको प्रतिक्रिया