प्रहरी तालिम केन्द्रमै ‘बलात्कार प्रयास’

नारीकोसिस डटकम/कात्तिक १, काठमाडौं । निडर भावनासहित प्रहरी जवानको तालिममा उत्रिनुभयो।
यही मनोवलले प्रहरी प्रशासनमा काम गर्ने सोच थियो तर त्यस दिन उनको मुहारमा डर र त्रास मात्र झल्किन्थ्यो । प्रहरी अधिकृतले पीडितको मनोविज्ञान खोतलेपछि उनले आफूमाथि तालिम केन्द्रमै जबर्जस्ती करणी प्रयास भएको खुलाउनुभयो।
नेपालगन्जस्थित कर्णाली प्रदेश प्रहरी तालिम केन्द्रमा प्रहरी जवानकी प्रशिक्षार्थीले पाँच दिन अघि केन्द्रभित्रै आफूमाथि प्रहरी नायब निरीक्षक ९सइ० बमबहादुर रानाले करणी प्रयास गरेको बताउनुभएको हो ।
केन्द्रका डीएसपी मधुसूदन न्यौपानेका अनुसार गत असोज २६ गते ब्यारेकस्थित गल्र्स होस्टलमा बोलाई चुकुल लगाएपछि रानाले हात समातेर करणी गर्न खोजेको पीडितको आरोप छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।



तपाईको प्रतिक्रिया