मलेशियामा एक नेपालीको मृत्यु

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
मलेशियामा एक नेपालीको मृत्यु

Share

नारीकोसिस डटकम/कात्तिक ३, काठमाडौं । रोजगारीका लागि मलेशिया गएका दाङका एक व्यक्तिको मृत्यु भएको छ । शान्तिनगर गाउँपालिका–२ बाघमारे निवासी ४२ वर्षीय मोहन केसी (कान्छो) को असोज २९ गते भएको हो।

दशैँको टीकाका दिन एक्कासी बेहोस भएपछि उपचारका लागि मलेशियाकै सालम अस्पतालमा लगिएको र उपचारका क्रममा उनको मृत्यु भएको आफन्त सुरेश ओलीले बताउनुभयो। केसी डिएचएल सप्लाई चेन कम्पनीमा ‘सेक्युरिटी गार्ड’का रुपमा काम गर्नुहुन्थ्यो। पारिवारिक स्रोतका अनुसार एक महिनाअघि मात्रै मलेशिया जानुभएका केसीको शव सोमबार नेपाल ल्याउने तयारी छ ।

तपाईको प्रतिक्रिया