बसभित्र घेरा हाली ६४ हजार लुट्ने तीनजना पक्राउ

नारीकोसिस डटकम/कात्तिक ८, काठमाडौं । ललितपुरको ग्वार्कोबाट तीन जना पेसेबर डाँका प्रहरी पक्राउ गरेको छ। शुक्रबार कोटेश्वरबाट जावलाखेल जाँदै गरेको बसभित्र घेरा हाली धाकधम्की दिई ६४ हजार लुटपाट गर्ने तीनजना लुटेरालाई प्रहरीले पक्राउ गरेका हुन् ।
पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोक बलेफी–६ घर भई ललितपुर–१ इमाडोल बस्ते सुजन तामाङ, काभ्रे बेथानचोक–६ घर भई हाल ललितपुर महालक्ष्मी–१ बस्ने सुमन आलेमगर र मकवानपुर कुलेखानी–४ घर भई ललितपुर–१ राता मकैचोक बस्ने सुरज तामाङ रहेका छन् ।
उनीहरुले कोटेश्वरबाट जावलाखेल जाँदै गरेको बा। ३ ख ४७६५ नम्बरको बसमा सवार रहेका काभ्रे स्थायी घर भएका मंगल बहादुर लोप्चनलाई बसभित्र घेरा हाली धम्की दिएर रकम लुटेका थिए ।
लोप्चन बनेपाबाट काठमाडौँ आएका थिए । बसमा यात्रुहरु खचाखच भएकाले उनी उभिएको र उभिएको समयमै तीनै जना लुटेराले घेरा हाली रकम लुटेको महानगरीय प्रहरी वृत सातदोबाटोका डिएसपी गौतम मिश्रले जानकारी दिनुभयो ।
प्रहरीले लुटपाटमा संलग्न तीनै जनामाथि अनुसन्धान भइरहेको जनाएको छ ।



तपाईको प्रतिक्रिया