छोरी माथिको विभेदलाई अन्त गरौ र समानताको शिक्षा भरौ ।

निर्मला सापकोटा संन्जेल
जब सम्म परम्परागत विकृतिका संरचनाहरुलाई भत्काउन सकिदैनन् तव सम्म नयाँ सोचको समाजलाई निर्माण गर्न सकिदैन। परम्परागत समाजवाट धेरै माथि उठिसकेका छौ भनेर अझै गर्व गर्ने ठाउँ छैन । किनकि त्यो केही शिक्षित व्यक्तिमा मात्र हावि रह्यो, बाँकिमा उही र उस्तै छ । जसले गर्दा समाजमा ती प्रचलनहरु अझै विद्यमान नै रहे र त्यसको शिकार बनेका छन् छोरीहरु ।
छोरी भएर जन्मिनु के दोष हो र ? धर्तिमा जे रोपिन्छि फल त्यही फल्छ । पुरुष विजबाट नारीमा जे छोडिन्छ, उसले त्यही सृष्टि गर्छे । दोष त ती पुरुषलाई दिईनु पर्दछ, जसले पृतृसतात्माक समाज हाक्ने निहुमा नारीलाई सन्तान जन्माउने मेसिनको रुपमा उसको स्वास्थ्यको ख्याल नगरी भ्रुण हत्या गराउँन, छोराको चाहानामा अस्तव्यस्त तुल्याउँछन् । प्रकृतिले छोरालाई बलियो र छोरीलाई कमजोर बनाएर सृष्टि गर्यो भन्दैमा कमजोरीलाई फाईदा उठाउन खोज्नु कति मुर्खता छ ? कति अमानविय छ ? हो, छोरीमा शारीरिक गतिविधि केही कमजोरी होलान तर बुद्धि, विवेक र साहसमा छोरा भन्दा कमि छैनन छोरीहरु।सगरमाथाको चुचुरोमा पाईला टेक्ने देखि लिएर आकाशमा उडान भर्ने जस्ता धेरै ठूला–ठूला काम छोरीले पनि गरेका छन र गर्न सक्छन ।छोरी जन्मिदा नाक खुम्चयाउछौ । अनि छोरा जन्मिदा हर्ष मनाउँछौ । छोरा अंशको मालिका छोरी अर्काको घर जाने जात भनेर हामी यतिमा साँगुरो मानसिक्ता पालेर वाँचेका छौं । सवै छोराले अंश लिएर त्यसको सहि सदुपयोग गरेका थिए भने आज कयौं आमा बाबुले बृद्धाआश्राममा आश्रय लिन जानुपर्दै थियो होला। यसमा हाम्रो ध्यान जान जरुरी छ । यो संकोचित दायराबाट माथि उड्नु पर्छ । अनि मात्र हामी छोरा र छोरीलाई हेर्ने दृष्टिकोणलाई वदल्न सक्छौं ।
प्रकृतिले सृष्टि गरेको सुन्दर रुप हो छोरी ।उसमा जन्म दिने बाबु आमाको काँख छोडेर अर्कै नयाँ संसारमा आफुलाई ब्यबस्थापन गर्ने नयाँ सिर्जना र जोस जागर हुन्छ ।जसमा नम्रता दया, माया, करुणा र सहनशिलताको खानी हुन्छ । तर्सथ उसलेआफुलाई कमजोरीमा मुल्यांङ्न गरिनु हुदैन । प्रजनन अंग नै उसको कमजोरीको दायरा होइन ।त्यो त एउटा सृष्टिको संरचना मात्रै हो । उसले प्राप्त गरेको स्वतन्त्रता र त्यो स्वतन्त्रता भित्र आफूले प्राप्त गर्ने उद्देश्य चाहि मुख्य ठानिनु पर्छ । तव मात्र छोरीले यो समाजको संकुचनलाई बडार्न सक्छिन। अध्यारो मानसिकतालाई उज्यालोमा परिवर्तन गर्न सकिन्छ । कुनै पनि कुराको परिवर्तनलाई समय लाग्छ । संघर्ष जारी राखिएको खण्डमा कालन्तरमा विजयको झण्डा फरफराउने निश्चित छ । स्वयमले आफुलाईलाई राम्रो र बलियो छु भन्ने अठोटका साथ अघि बढ्नु पर्दछ । हरेक छोरीमा म छोरी हुँ, म पुरुष सरह हुन सक्दिन होला भन्ने कमजोर मानसिक्ता जरै देखि उखालेर समय र परिसस्थिति सँग चुनौति दिदै अघि बढ्ने हो भने यो विभेद र त्यो कमजोरीपनको अन्त्य हुने निश्चित देखिन्छ ।
उचित शिक्षा र अनुशासनमा गर्नुहुने र नहुने कुरा छोरा छोरी दुवै दिईनुपर्छ ।तर यसको मतलव प्रकृतिले बलियो बनाउदैमा छोरालई वढि स्वतन्त्रता र छोरीका स्वतन्त्रतालाई कैद गर्न खोज्दा ,विभिदे लाद्दा उसले हाँसिल गर्न चाहेका कतिपय उद्देश्य थकित भएर वस्न सक्छन्।छोरा र छोरी दुबैलाई घरका कामकाज देखि कार्यलय सम्म जिम्बेबारीलाई निभाउने शिक्षा यदि समयदेखि नै दिईने हो भने समाजका धेरै हिंसाहरुको अन्त्य हुदै जानेछ । र यस कारण समाज हामी चेतनशील भएर वसेका मानिसले सामाजिक प्रथामा यो विभेदलाई अन्त गर्दै व्यवहारिक शिक्षाबाट छोरीलाई पनि छोरा सरह हेर्ने दृष्टिकोणको सबै बर्ग र समुदायले विकास गरौं ।
तपाईको प्रतिक्रिया