आलमलाई ३२ वर्ष कैद सजाय माग

नारीकोसिस डटकम/कात्तिक १९, काठमाडौं । जिल्ला सरकारी वकिल खडिन्द्रराज कटुवालले रौतहट निर्वाचन क्षेत्र–२ का प्रतिनिधिसभाका निलम्बित सदस्य मोहम्मद अफताब आलमलाई तीनवटा मुद्दामा ३२ वर्षको कैद सजाय माग दाबी गरको बताउनु भएको छ ।
उहाँले सञ्चारकर्मीसामु आलमले प्रत्यक्षदर्शीको भनाइअनुसार दर्जनौँ व्यक्तिलाई इँटाभट्टामा ज्युँदै जलाएको आरोपमा मुद्दा चलाएको बताउनुभयो ।
तर, प्रहरी अनुसन्धानमा भने दुई जनालाई हत्या गरेको आरोप लगाइएको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।



तपाईको प्रतिक्रिया