सामान्य विवाद हुँदा श्रीमानद्वारा श्रीमतीको हत्या

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
सामान्य विवाद हुँदा श्रीमानद्वारा श्रीमतीको हत्या

Share

नारीकोसिस डटकम/कात्तिक २०, लहान । सिरहाको कर्जन्हा नगरपालिका २ बन्दीपुरमा एक महिलाको हत्या भएको छ । स्थानीय रामबाबु पासवानले आफ्नै श्रीमती कवितादेवी पासवानको बन्चरो प्रहार गरी हत्या गरेका जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता अपिलराज बोहराले जानकारी दिनुभयो ।

बुधबार बिहान पासवानकी श्रीमति कविताले मासु किनेर खाने भन्दै श्रीमानसँग पैसा मागेका थिए । तर श्रीमानले पैसा नदिएपछि सुरु भएको सामान्य विवाद उग्र बन्दै हत्याको अवस्थामा पुगेको प्रहरीले जनाएको छ ।

पासवानले घाँटीलगायत शरीरका विभिन्न भागमा बन्चरो प्रहार गरेसँगै उनको घटनास्थलमै मृत्यु हुन पुगेको प्रवक्ता बोहराले जानकारी दिनुभयो।

घटनापछि पासवान फरार रहेको र उनको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया