भावना

पहिलो भेटमै हेराहेर खास भयो हाम्रो
दोस्रो भेटमा दुईचार वटा वात भयो हाम्रो
नजिकने बहानको बाटो भेटिरहँदा
नजानिदो हृदयको वास भयो हाम्रो
उनले मेरो मैले उनको वयान गर्न थालेपछि
भेट भेटमै प्रेम पत्रको खात भयो हाम्रो
सधैं सामु पर्दा पनि कति कुरा अधुरै रहे
अरु भन्दा प्रेम काहनी खास भयो हाम्रो
तपाईको प्रतिक्रिया