वीरगन्जमा चलचित्र महोत्सव सुरु

नारीकोसिस डटकम कात्तिक २०, वीरगन्ज । वीरगञ्जमा ‘स्वर्णिम चलचित्र महोत्सव’ सुरु भएको छ । चलचित्र निर्माता संघले आयोजना गरेको सो महोत्सवको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुभएको हो ।
चलचित्र क्षेत्रको विकास र प्रवर्द्धनको लागि महोत्सव आयोजना गरिएको निर्माता संघले जनाएको छ । महोत्सवमा सहभागी हुन बलिउड अभिनेता गोविन्दा पनि नेपाल आएका छन् । नेपालका पनि पूरानो पुस्तादेखि नयाँ पुस्तासम्मका कलाकारहरु वीरगन्जमा छन् ।
तपाईको प्रतिक्रिया