खजुरा गाउँपालिका सडक मानवमुक्त घोषणा

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
खजुरा गाउँपालिका सडक मानवमुक्त घोषणा

Share

नारीकोसिस डटकम कात्तिक २०, बाँके । बाँके जिल्लाको खजुरा गाउँपालिका देशकै पहिलो सहयोगापेक्षी, बेसहारा, अभिभावकविहीन सडक मानवमुक्त गाउँपालिका घोषणा गरेको छ ।

खजुरा गाउँपालिका देशकै पहिलो सहयोगापेक्षी, बेसहारा, अभिभावकविहीन सडक मानवमुक्त गाउँपालिकाको रुपमा बुधावार एक औपचारिक कार्यक्रमका साथ प्रदेश सांसद आई पी खरेल, बाबुराम गौतम र गा.पा. का अध्यक्ष किसमत कुुमार कक्षपतिले संयुक्त रुपम सहयोगागापेक्षी सडक मानवमुक्त गाउँपालिका घोषणा गर्नुभएको हो ।

खजुरा गाउँपालिका क्षेत्रभित्र बेसहारा अवस्थामा रहेका ३६ जनालाई उद्दार गरिएकोमा ९ जनालाई नीलसागर सेवा आश्रमको सेवा पश्चात पारिवारिक पुर्नमिलन गरेको र २७ जना हाल नीलसागरकै संरक्षणमा रहेका छन् । खजुरा गाउँपालिकामा अब यस्ता व्यक्तिहरु नरहेकोले खजुरालाई सडक मानवमुक्त गाउँपालिका घोषणा गरिएको हो ।

खजुरा गाउँपालिकाको आयोजना र नीलसागर सेवाश्रमको समन्वयमा बुधवार देशका ४६० गाउँपालिकामध्ये पहिलो गाउँपालिकाको रुपमा खजुरालाई सडक मानवमुक्त घोषणा गरिएको हो ।

सो अवसरमा खजुरामा शान्तिपूर्ण ¥याली समेत निकालिएको थियो । ¥याली केणसभा तथा कार्यक्रमलाई सम्बोन्धन गर्दै प्रदेश नं. ५ का सांसद आइपी खरेलले राज्यका हरेक अंग मावनको सेवा गर्ने र मानवलाई सम्मान गर्ने दिशातर्फ अग्रसर हुनु पर्ने बताउनुभयो ।

खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिले वर्षभरी आफ्ना अभिभावकलाई राम्रोसंग पालनपोषण गर्नेलाई सम्मान गरिने, कोही नभएका बेसहारालाई गाउँपालिकाले संरक्षण दिने र अभिभावकलाई अपहेलना गर्नेलाई गाउँपालिकाबाट प्रदान गर्ने सेवामा कटौती गरिने बताउनुभयो । कार्यक्रममा जिल्ला समन्वय समिति, बाँकेका संयोजक अजय श्रीवास्तवले बाँके जिल्लालाई मानवताको जिल्ला घोषणा गर्ने दिशामा आफु लागिरहेको बताउनुभयो।

त्यसै गरी नीलसागर सेवाश्रमकी अध्यक्ष सरिता खनालले संस्थाले सबैभन्दा ठूलो सेवा मानव सेवा रहेको बताउदै देशका विभिन्न जिल्लामा अहिले पनि २३० जनाको संरक्षण गरिरहेको बताउनुभयो ।
साथै मानव सेवाप्रतिको कार्यलाई उच्च मुल्याङ्कन गर्दै नीलसागरलाई खजुराले सम्मान पनि गरेको थियो ।

तपाईको प्रतिक्रिया