शुक्रवार सार्वजनिक बिदा

नारीकोसिस डटकम/कात्तिक २१, भक्तपुर । होली अर्थात कार्तिक २२ गते शुक्रवार चाँगुनारायण नगरपालिकाले सार्वजनिक बिदा दिने भएको छ । हरिबोधनी एकादशीको अवसरमा नगरपालिकाले यस वर्ष पनि सार्वजनिक बिदा दिने भएको हो । नगरपालिकाले गत वर्ष पनि सोही दिन बिदा दिएको थियो ।
आफ्नो नगर क्षेत्रभित्रका सरकारी कार्यालय, स्वास्थ्य संस्था, सहकारी, शैक्षिक संस्थालगायतलाई एकादशीको दिन सार्वजनिक बिदा रहेको चाँगुनारायण नगरपालिकाले जनाएको छ ।
यस्तै, सिन्धुलीको दुधौली नगरपालिकाले पनि सार्वजनिक बिदा घोषणा गरेको छ । नगरपालिकाले स्थानीय बासिन्दालाई पर्वमा सहभागी हुन अपिल गर्दै सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
तपाईको प्रतिक्रिया