डा. केसीको स्वास्थ्य अवस्था जटिलः केसीलाई लिन डडेलधुरा पुग्यो सेनाको हेलिकोप्टर

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
डा. केसीको स्वास्थ्य अवस्था जटिलः केसीलाई लिन डडेलधुरा पुग्यो सेनाको हेलिकोप्टर

Share

नारीकोसिस डटकम/कात्तिक २५, डडेल्धुरा । चिकित्सा क्षेत्र सुधारको माग गर्दै अनशनरत डा. गोविन्द केसीलाई लिन नेपाली सेनाको हेलिकप्टर डडेल्धुरा पुगेको छ । डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उहाँलाईलाई लिन नेपाली सेनाको हेलिकोप्टर त्यहाँ पुगेको हो । तर केसीले भने आफू स्वस्थ रहेको भन्दै अनशन तोड्न र काठमाडौं जान इन्कार गर्नुभएको छ ।

अस्पतालबाट विज्ञप्ति नै सार्वजनिक भएपछि डा. केसीलाई लिन काठमाडौंबाट नेपाली सेनाको हेलिकोप्टर सोमबार बिहान डडेलधुरा आएको छ । हेलिकोप्टर दहस्थित नेपाली सेनाको ब्यारेकमा बसेको छ ।

डा. केसी चिकित्सा क्षेत्र सुधारको माग राख्दै १८ कात्तिकदेखि अनशनमा हुनुहुन्छ । डा. केसीको यो १७ औं पटक अनसन हो ।

तपाईको प्रतिक्रिया