त्रिभुवन विश्वविद्यालय अन्तरगत स्नातक तहको परीक्षा आवेदन भर्नेसम्बन्धी अति जरुरी सूचना

नारीकोसिस डटकम/मंसिर १०, काठमाडौं । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुले स्नातक तह चौथो बर्षको परीक्षा दिने परीक्षार्थीहरुको लागि परीक्षा आवेदन फारम भर्नेसम्बन्धी सूचना जारी गरेको छ ।
त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुसार २०७७ सालमा सञ्चालन हुने स्नातक तह चौथो बर्षको परीक्षा दिने विज्ञान, व्यवस्थापन र शिक्षाशास्त्र सङ्कायका पुरा तथा आंशिक परीक्षार्थीहरूले २०७६ साल मङ्सिर ११ गते देखि पौष १० गते सम्म आ–आफ्नो क्याम्पसमा नियमित शुल्कमा र साधारण म्याद सकिएको एक हप्ता भित्र दोब्बर दस्तुर लिई परीक्षा आवेदन फारम भरी सम्बन्धित परीक्षा नियन्त्रण कार्यालयमा बुझाउनु हुन सम्बन्धित सबैको जानकारीको लागि सूचना प्रकाशित गरेको छ ।
सूचना:
तपाईको प्रतिक्रिया