कालो चियाको फाईदाहरु

नारीकोसिस डटकम । विश्वमा सवैभन्दा बढि खपत हुने तरल पर्दाथ भनेको चिया हो । र कतिपयलाई विहान उठ्ने वित्तिकै चिया नभई नहुने भईसकेको छ । विषेश गरी कालो चिया पिउने गरिन्छ । स्वास्थ्यको हिसावले पनि कालो चिया पिउनु उपयुक्त मानिन्छ । कालो चियाको फाईदाहरु निम्नासार रहेको छ ।
१) कालो चियामा भएको एन्टिअक्सिडेन्ट्सले शरीरमा भएको बोसोलाई कम गर्ने काम गर्छ । जसको परिणाम मानिस मोटोपनको सिकार हुन पाउँदैन ।
२) कालो चियाले पाचन प्रणालीलाइ समेत व्यवस्थित गर्ने काम गर्छ । जसका कारण मानिस पेटको रोग लाग्नबाट बच्न सक्छ । साथै कालो चियाको प्रयोगले पेटको दुखाइ, ग्यास्ट्रिकजस्ता समस्याबाट पनि मुक्ति दिलाउने काम गर्छ ।
३) नियमित रूपमा कालो चिया पिउँदा तौल र पाचन प्रणाली व्यवस्थित बन्छ । जसका कारण मानिसलाई ‘हर्ट स्ट्रोक’को खतरा कम हुन्छ ।
४) कालो चियाले शरीरको रोगप्रतिरोधी क्षमतालाई बढाउँदै लैजाने काम गर्छ । यसले साइनस, डायरिया, निमोनियाजस्ता रोग लाग्ने सम्भावनालाई पनि दूर गर्ने काम गर्छ ।
५) कालो चियाले शरीरमा ‘थैफ्लोविन्स’ अर्थात् क्यान्सर बनाउन सक्ने कोशिकालाई हटाउने काम गर्छ । यस्ता कोशिकाको निर्मूलले विशेष गरी मानिसमा ‘ओवेरियन क्यान्सर’बाट जोगाउने गर्छ ।
तपाईको प्रतिक्रिया