सहमतिमै यौनसम्पर्क राख्दा पनि किन खुशी हुदैनन् महिलाहरु ?

कोशिस मल्टिमेडिया
७ वर्ष पहिले
सहमतिमै यौनसम्पर्क राख्दा पनि किन खुशी हुदैनन् महिलाहरु ?

Share

नारीकोसिस डटकम । यौन तथा सेक्स पनि मानव जीवनमा नभई नहुने आधारभूत आवश्यकता भित्र पर्दछ । यौन सम्पर्कले मानिसलाई शारीरिक तथा मानसिक रुपमा पनि आनन्द दिने गर्छ । यौन सम्पर्क पुरुष र महिलाको सहमति एक अर्काले भरपुर आनन्द लिन सकेमा सुमधुर सम्बन्ध कायम राख्न मद्दत गर्दछ । त्यसैले सहमतिमा यौन सम्पर्क राख्नु महत्वपूर्ण हुन्छ । तर कहिलेकाही सहमतीमै यौन सम्पर्क गरेता पनि कतिपय अवस्थामा महिलाहरु खुशी हुन सक्दैनन् । कुन अवस्थामा महिलाहरुले यौन आनन्द लिन सक्दैन त ? यस बारेमा क्वीन्सलैण्ड यूनीभर्सिटी अफ टेक्नोलोजीद्वारा गरिएको एक अनुसन्धानका अनुसार यौन सम्पर्कको बेला चरमसुख , अत्यधिक आनन्दको अनुभूतिका साथै उदासी पनि एक प्रकारको भावनात्मक अभिव्यक्ति हो । अनुसन्धानकर्ताले सहमतिले यौन सम्पर्क गर्दा पनि महिलाहरु खुसि नहुनु एक प्रकारको मनोबैज्ञानिक समस्या हो भनेर देखाएको छ ।

के भन्छ अनुसन्धानले ?

२ सय ३० महिलामा गरिएको अनुसन्धानबाट महिलाहरु यौन सम्पर्कपछि तनाव र उदासी महसुस गर्छन् । रिपोर्टका अनुसार ५ प्रतिशत महिलाहरुले यस्तो लक्षणको बारेमा बितेको चार हप्तामा महसुश गरे । जबकी ४६ प्रतिशत महिलाहरुले यसलाई जीवनमा कमसेकम एक पटक महसुश गरे ।

अनुसन्धानकर्ताले यस सम्बन्धमा अझ बढि जानकारी दिदैँ एक महिलाले हामिलाई लेखेको पत्रमा भनिएको छ की उनको विहेको २० वर्ष वितिसक्यो र उनी यौन सम्पर्कपछि वाथरुममा गएर रुने गर्छिन् । रिपोर्टका अनुसार यो यस्तो समस्या धेरै महिलामा हुने गरेको पाइएको छ । यस अवस्थामा यौन सम्पर्कपछि आफ्नो यौन साथीको राम्रो ध्यान दिनुपर्छ । यौन सम्पर्क भन्दा पहिले फोरप्ले जति आवश्यक छ त्यति नै यौन सम्पर्कपछि आफ्नो यौनसाथीसँग समय बिताउनु पनि आवश्यक छ ।

तपाईको प्रतिक्रिया