एक हजार ९६ शाखा अधिकृतका लागि जागिर खुला

नारीकोसिस डटकम/मंसिर २५, काठमाडौं । लोकसेवा आयोगले १ हजार ९६ शाखा अधिकृतका लागि विज्ञापन आह्वान गरेको छ ।
आयोगले राजपत्रांकित तृतीय श्रेणी ९अप्राविधिक० पदका विभिन्न सेवा समूह तथा उपसमूहअन्तर्गतका पदमा खुलातर्फ ७६८ र बढुवातर्फ ३२८ का लागि आज ९बुधबार० विज्ञापन आह्वान गरेको हो ।
आयोगका अनुसार सबैभन्दा बढी सामान्य प्रशासन सेवातर्फ ५६० पदका लागि विज्ञापन आह्वान गरिएको छ ।
त्यस्तै, लेखातर्फ ३० राजस्व सेवाअन्तर्गत ६९, लेखापरीक्षणतर्फ ४२, परराष्ट्र सेवामा ४, न्याय सेवातर्फ ३६३ र व्यवस्थापिका संसद्तर्फ २८ पदमा विज्ञापन खुला गरिएको छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।
तपाईको प्रतिक्रिया