ग्रिन टी यसरी पिउनुहोस्

नारीकोसिस डटकम । स्वास्थ्यको दृष्टिकोणले राम्रो मानिने ग्रिन टि अहिले लोकप्रिय बन्दै गएको छ । ग्रीन टीको प्रत्येक कप एन्टि अक्सिडेन्टले भरिपूर्ण हुन्छ जसले मुटुसम्बन्धी रोग लाग्न दिँदैन, मस्तिष्कको कार्यसम्पादनमा सुधार ल्याउँछ र क्यान्सर हुने सम्भावना कम गराउँछ । त्यसैले स्वास्थ्यको लागि फाईदजनक रेहेको छ । तर ग्रिन टिलाई सहि तरिकाले पिएन भने स्वास्थ्यको लागि हानिकारक पनि हुन सक्छ । त्यसैले ग्रीन टि लाई यसरी पिउन सकिन्छ :–
– प्रेसर लो को विरामीले पिउनु हुदैन ।
– खाली पेटमा ग्रीन टी पिउनु हुँदैन ।
– खाना खानु भन्दा एक वा दुई घण्टा पहिले नै ग्रीन टी पिउनुपर्छ ।
– ग्रीन टीमा दूध र चीनी मिसाएर कहिल्यै पिउनु हुँदैन ।
– ग्रीन टीमा चिनीको सट्टा मह मिसाएर पिउनु फाइदाजनक हुन्छ ।
– खाना खाइसकेपछि तुरुन्त ग्रीन टी पिउनु खतरनाक हुन्छ ।
– एक दिनमा दुई वा तीन कप मात्रै पिउनु पर्छ ।
तपाईको प्रतिक्रिया