चलचित्र विकास वोर्ड अध्यक्ष केशव भट्टराईको निधन

नारीकोसिस डटकम/मंसिर ३०, काठमाडौं । चलचित्र विकास वोर्ड अध्यक्ष केशव भट्टराईको ५४ बर्षको उमेरमा निधन भएको छ ।
आइतबार राती राती करिब १०ः ३० बजे काठमाडौंको चाबहिलस्थित ओम अस्पताल लाँदालाँदै उनको निधन भइसकेको अस्पताल श्रोतले बताएको छ ।
निधनको कारण भने अस्पतालले खुलाएको छैन। पोस्टमार्टम रिपोर्ट आएपछिमात्र निधनको कारण थाहा हुने बताइएको छ।
भट्टराईले दर्जनौँ चलचित्रहरु तथा टेलिसिरियलहरुमा अभिनय गरेका थिए भने ‘आफ्नो मान्छे’, ‘छोडी गए पाप लाग्ला’, ‘देवर बाबु’, ‘कर्मयोद्दा’, ‘सो सिम्पल’, ‘ब्रासलेट’, ‘यात्रा’ लगायतका चलचित्रहरु निर्माण गरेका थिए ।
भट्टराई गत चैत ४ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार बोर्डको अध्यक्ष पदमा नियुक्त भएका थिए।
तपाईको प्रतिक्रिया