रुघाखोकी निको पार्ने घरेलु उपाय

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
रुघाखोकी निको पार्ने घरेलु उपाय

Share

नारीकोसिस डटकम । अहिले मौसम अत्याधिक चिसो छ । चिसो मौसमका कारण स्वास्थ्यमा विभिन्न समस्याले सताउन थाल्छ । विशेष गरी चिसोमा सवै उमेर समूहलाई रुघाखोकीले सताउने गर्दछ ।

जस्तै खोकी लाग्नु, नाक बन्द हुँनु घाँटीमा टन्सिल हुनु इत्यादि ।

रुघाखोकीबाट बच्न यी घरेलु उपाय अपनाउन सक्नुहुन्छ ।

रुघाखोकी निको पार्ने घरेलु तरिका

पुँदिनाको पात मिसाएर पानी उमालेर त्यसको बाफ लिने यसले गर्दा रुघाखोकीलाई निकै फाइदा पुग्छ । बाफ लिन काम दिनमा दुईपटक गर्नु उपयुक्त हुन्छ ।

रुघाखोकी लागेकाले तातो पानीको प्रयोग गर्न आवश्यक हुन्छ । यसका साथै कागती हालेको चिया पिउँदा पनि रुघाखोकीलाई फाइदा पुग्छ ।

यस्तै मह मिसाएको पानी पिउँदा पनि रुघाखोकी लागेका व्यक्तिलाई राहत मिल्छ । तातो पानीमा मह मिसाएर नियमित सेवन गर्दा अन्य समस्याहरुमा पनि राहत मिल्छ ।

रुघा लाग्दा नियमित रुपमा सिगान बग्छ । उक्त सिगा‍न रुमालको सहायतमा पुछ्नु पर्छ । कहिलेकाही हातले पनि पुछिन्छ त्यस क्रममा नाक वरपर ‍ब्याक्टेरिया रहेको हुन्छ । त्यसैले त्यसका लाग नूनपानीले नाक वरीपरि सफा गर्नुपर्छ नाकमा भएका ब्याक्टेरिया नष्ट गर्छ ।

त्यस्तै सफा रुमालको प्रयोग गरेर तातोपानीले बन्द नाकलाई सेक्ने, पानीमा बेसार, नुन र कागती राखेर पिउनाले पनि फाइदा पुग्छ ।

त्यस्तै तुलसीको पात खानाले पनि रुघाखोकीमा राहत मिल्छ ।

तपाईको प्रतिक्रिया