अवको ३ दिनसम्म मौसमी परिवर्तन नहुने, शुक्रबार पश्चिममा हल्का वर्षा

कोशिस मल्टिमेडिया
६ वर्ष पहिले
अवको ३ दिनसम्म मौसमी परिवर्तन नहुने, शुक्रबार पश्चिममा हल्का वर्षा

Share

नारीकोसिस डटकम पुस २, काठमाडौं । आगामी तीन दिनसम्म कुनै उल्लेखनिय मौसमी परिवर्तन हुने सम्भावना नरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका । जनाएको छ ।
आज बुधाबार दिउँसो देशको पूर्वी पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । त्यस्तै रातभर देशको पूर्वी र पश्चिमी पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

त्यसैगरी भोलि बिहिबार दिउँसो देशको पश्चिमि भू–भाग लगायत पूर्वी पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ भने रातभर देशभर आंशिक बदली रहने छ ।

यो साताको शुक्रबार दिउँसो देशको पश्चिम र मध्य भुभागलगायत पूर्वी पहाडी भूभागमा आंशिकदेखि सामान्य र बाँकी भूभागमा आंशिक बदली रहनेछ । सोही दिन पश्चिम भेगका एक दुइ स्थान मा हल्का वर्षा हुने सम्भावना रहेको महाशाखाको अनुमान छ ।

तपाईको प्रतिक्रिया